७ माघ २०८१, सोमबार

दाङमा निषेधाज्ञा थप, सबै सरकारी कार्यालय खुल्ने

प्रकाशित मिति :  8 June, 2021 3:09 pm


काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि दाङमा जारी निषेधाज्ञा थप भएको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै असार १ गते साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ । दाङमा वैशाख १७ गतेदेखि लागु गरिएको निषेधाज्ञा पटक पटक थप हुँदै आएको छ । यसपटकको निषेधाज्ञामा केही सहज बनाइएको छ ।

थप गरिएको निषेधाज्ञाको अवधिभर अति आवश्यकीय सेवा प्रवाह गर्ने कार्यालयहरु खुल्ला रहने र अन्य सरकारी कार्यालयहरुमा पनि सिमित कर्मचारीहरु उपस्थित भएर काम गर्न सकिने आदेशमा उल्लेख छ ।

त्यस्तै कृषि सामाग्री बिक्री वितरण गर्ने संस्थान र एग्रोभ्टहरु दैनिक रुपमा खुलाउन सकिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जारी गरेको आदेशमा उल्लेख छ ।

त्यस्तै जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहेन छन् । निषेधाज्ञा थप गरिएको सूचना यस्तो छ :



प्रतिक्रिया दिनुहोस !