१ मंसिर २०८१, शनिबार

नयाँ कृतिमानसहित नेप्से ५३ अंकले बढ्दा, १० ओटा कम्पनीको मुल्यमा सकरात्मक सर्किट

प्रकाशित मिति :  8 June, 2021 3:55 pm


काठमाडौं ।  साताको कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सेन्ज –नेप्सेमा नयाँ किर्तिमान कायम भएको छ ।

मंगलबार बजार खुले सँगै हरियाली छाउँदा लगानीकर्तामा उत्साह देखिएको छ । साथै कारोबार रकममा पनि उछाल आएको छ । सेयरबजार प्रविधिमैत्री बन्दा कारोबार रकम तथा समग्र इन्डेक्समै उछाल आएको सेयर लगानीकर्ताहरु बताउँछन् ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १० वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ ।
मंगलबार ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ३१ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
आज नेपाल पुर्नबिमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ६ करोड ६४ लाख ६४ हजार ७ सय २१ रुपैयाको कारोबार भएको छ ।

मंगलबार कूल २१७ वटा कम्पनीको ३ करोड ५० लाख ८५ हजार ४३ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ६४ करोड ५ लाख ३२ हजार एक सय ५२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !