७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित पाण्डेयद्वारा पद तथा गोपनीयताको सपथ

प्रकाशित मिति :  9 June, 2021 2:08 pm


काठमाडौं । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् ।

सपथ ग्रहणको अवसरमा अध्यक्ष तिमिल्सिनाले पाण्डेयलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरे । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनी निर्वाचित भएका    थिए ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !