७ माघ २०८१, सोमबार

चितवनमा जारी निषेधाज्ञा असार ३ सम्म लम्बियो, स्टेशनरी र वर्कशप सञ्चालन गर्न पाइने

प्रकाशित मिति :  9 June, 2021 3:05 pm


काठमाडौं । चितवन जिल्लामा जारी निषेधाज्ञा असार ३ गतेसम्म लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज आदेश जारी गर्दै वैशाख १५ गतेदेखि जारी रहेको निषेधाज्ञाको समय फेरि थप गरिएको उल्लेख   छ । नयाँ निषेधाज्ञा असार ३ गते राती १२ बजेसम्म लागू हुने छ ।

जिल्ला प्रशासन कार्यालयले जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने सुनिश्चिता गरी पाठ्यपुस्तक विक्री वितरण गर्ने पसल सञ्चालन गर्न पाइने जनाएको छ ।

त्यस्तै रासायनिक मल तथा कृषि बिउबिजन विक्री वितरण गर्ने पसल दैनिक सञ्चालन गर्न पाइने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाका एटिएम बुथहरू २४ सै घण्टा सञ्चालन गर्नुपर्ने छ भने न्यूनतम कर्मचारी खटाएर बैंकिङ सेवा सञ्चालन गर्न सकिने छ ।

त्यस्तै बढीमा ३ जनासम्म कामदार रहने गरी सवारी साधनको मर्मत गर्न वर्कशप सञ्चालन गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश :



प्रतिक्रिया दिनुहोस !