७ माघ २०८१, सोमबार

कार्यक्षेत्र एकदिनपनि नछोड्न भौतिक पूर्वाधार मन्त्री नेम्बाङ्गको कर्मचारीलाई निर्देशन

प्रकाशित मिति :  9 June, 2021 3:20 pm


काठमाण्डौ २६ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले मातहतका कर्मचारीहरुलाई एकदिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन दिएका छन् ।

हिजो र आज दुई दिन चलेको भर्चुअल नियमित समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले कार्यालय प्रमुखहरु नियमित कार्यक्षेत्रमा रहँदा त्यसको सकारात्मक प्रभाव कार्यप्रगतिमा देखिने भन्दै सामान्य परिस्थितिमाम एक दिनपनि कार्यक्षेत्र नछोड्न निर्देशन दिएका हुन् ।

उनले यस वर्ष मनसुन चाडो हुने पूर्वानुमान भएकोले त्यसबाट राजमार्गहरुमा आउन सक्ने अवरोधहरु व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिए । मन्त्री नेम्वानेम्बाङ्गलेले भने,”यस पटक मनसुन चाडो हुने पूर्वानुमान गरिएको छ ।”

मनसुनका कारण राजमार्गहरु अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौ भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन् । अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरुमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसंग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ ।

उनले नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत संभारलाई समेत विशेष ध्यान दिनुपर्ने भन्दै राजमार्गहरु खाल्डाखुल्डी रहित बनाउनु पर्ने बताए ।

मन्त्री नेम्बाङ्गले प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक भएको बताए । उनले भने, प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक छ । आर्थिक बर्षको अझै केहिदिन बाँकी छ । प्रगति प्रतिशत बढाउन अधिकतम प्रयत्न गर्नु होला ।

गोष्ठीमा सडक डिभिजन प्रमुखहरुले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फस्यौटको अवस्थाबारे प्रस्तुति राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !