जमेको पानीमा डुबेर अर्घाखाँचीमा एक जनाको मृत्यु
प्रकाशित मिति : 9 June, 2021 8:39 pm
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. ११ को माटेको बागी खोलामा निर्माणाधिंन अवस्थामा रहेको पक्की पुलको नजिकै जम्मा भएको पानीमा डुबेर रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए ।
४९ वर्षीय कुमाल आफ्नो खेतमा धानको बिऊ राख्ने काम सकेर घर फर्किदै गर्दा एक्कासी लड्न पुग्दा पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।