५ आश्विन २०८१, शनिबार

पाकिस्तानको अर्थतन्त्र राम्रोसँग व्यवस्थापन हुन नसकेको इमरान खानको स्वीकारोक्ती

प्रकाशित मिति :  10 June, 2021 8:29 am


इस्लामाबाद । पाकिस्तानमा निरन्तर अबौं डलरको ऋण थपिँदै जाँदा प्रधानमन्त्री इमरान खानले देशको अर्थव्यवस्थाको विगतमा व्यवस्थापन प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन्।

इस्लामाबादमा आयोजित एक कार्यक्रममा बोल्दै पाकिस्तानका प्रधानमन्त्री खानले विगतमा लिइएको ऋणले देशको धनसम्पत्ति सिर्जना गर्नुको सट्टा थप ऋणको बोझलाई बढाइदिएको बताएकाृ द न्युज इन्टरनेसनलले जनाएको छ।

खानले पाकिस्तान सरकारले देशको ऋण फिर्ता लिन सम्पत्ति निर्माण गर्ने परियोजनामा ध्यान केन्द्रित गरिरहेको बताए । पाकिस्तानमा कोभिड–१९ को घटनाहरूको बढ्दै जाँदा भएको आर्थिक अभाव र असर पर्नेलाई राहत प्याकेज बितरण गर्न सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई सम्पर्क गर्ने छ।

उनले देशमा ऋण थपिइरहेपनि मुख्य चिन्ताको विषय जनतालाई गरीवीबाट हटाउनु रहेको बताएको एक्सप्रेस ट्रिब्यूनले जनाएको छ। खानले सरकारले ऋणका लागि आईएमएफसँग कुरा गर्ने बताएका छन्। उनले भनेका छन् पाकिस्तानको अर्थव्यवस्था सुधार हुँदै गइरहेको सकारात्मक संकेतकहरूका बीच महामारीले संकट थपीदिएको बताए।



प्रतिक्रिया दिनुहोस !