७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेश सरकारको प्रसंग गण्डकी प्रदेश सभामा

प्रकाशित मिति :  10 June, 2021 2:04 pm


काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनेक्रममा लुम्बिनी प्रदेशको प्रसंग उठेको छ ।

जनता समाजवादी पार्टी गण्डकी प्रदेश संसदीय दलका नेता हरिशरण आचार्यले मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने हिम्मत गरेर गण्डकी प्रदेशप्रति इमान्दारीता देखाएको उल्लेख गर्दै लुम्बिनी प्रदेशको प्रशंग निकालेका हुन् ।

उनले भने,“संसदीय मूल्य मान्यतालाई अझै तहननसह बनाएर लोकतन्त्रलाई समेत खतम गर्ने, हुर्मत लिने एउटा कसरतपनि भएको हामीले देखेकै छौं । तर आज यि सबै चीजहरूलाई पराजित गर्दै, आज यो सबै चीजहरुलाई अन्त्य गर्ने योजनाका साथ एउटा आशा र विश्वास बोकेर माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ज्यूबाट आफ्नो सरकारलाई विश्वासको मत माग्नुभएको छ यो प्रति म सम्मान गर्न चाहुन्छु ।”

नेता आचार्यले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले यस्तो हिम्मत समेत नगरेको प्रसंग सुनाए । उनले भने,“ यो हिम्मत र आशावादी यो कोणलाई म सम्मान गर्न चाहन्छु । किनभने संघमा त त्यो पनि अभ्यास गरिएन, लुम्बिनी प्रदेशमा त त्यो पनि हिम्मत गरिएन तर आज यो प्रदेशमा एउटा भएपनि साकारात्मक काम राजनीतिक रुपमा एउटा आशा र विश्वास सायद यो लोकतन्त्रप्रति छ कि भन्ने अलिकित संकेत चाही देखिन्छ ।”

उनले विश्वासको मत लिन डराएर केन्द्र र लुम्बिनी प्रदेशले लोकतान्त्रिक मूल्यमान्यता प्रति आफ्नो इमान्दारिता नदेखाएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !