७ आश्विन २०८१, सोमबार

मन्त्रिपरिषद्ले पायो पूर्णता, खगराज अधिकारी गृहमन्त्री,सञ्चारमा नैनकला थापा(सूचीसहित)

प्रकाशित मिति :  10 June, 2021 2:50 pm


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री थपेर २५ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता लिएका हुन् ।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् भने जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट एक जना मन्त्री थपिएका छन् । प्रधानमन्त्री ओलीको २५ सदस्यीय मन्त्रिपरिषदमा ३ उपप्रधानमन्त्री रहेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा आज राष्ट्र पति विद्यादेवी भण्डारीले मजुदा मन्त्रिपरिषद्को नियुक्ति, कार्यविभाजन र हेरफेर गरेकी छन् ।

थपिएका मन्त्रीमा गृहमन्त्रीमा खगराज अधिकारी, वन मन्त्रीमा नारदमुनी राना, सञ्चारमन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह,उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, आशा विकलाई वनराज्य मन्त्री नियुक्त भएका छन् ।

मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरि नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !