७ आश्विन २०८१, सोमबार

सभामुख सापकोटा सक्रिय : मुख्य दलका शिर्ष नेता र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै

प्रकाशित मिति :  11 June, 2021 7:23 am


काठमाडौं । दोस्रो पटकपनि प्रतिनिधि सभा विघटन भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो सक्रियता जारी राखेका छन् ।

यसअघि पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छलफल गरेका सभामुख सापकोटाले आज विघटित संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र र पूर्वप्रधानमन्त्रीहरुसँग आज छलफल गर्दै छन् ।

सभामुख सापकोटाले दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा समसामयिक विषयमा छलफल आयोजना गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिएका छन् । प्रतिनिधि सभा विघटनबाट सभामुख सापकोटा असन्तुष्ट छन् ।



प्रतिक्रिया दिनुहोस !