५ आश्विन २०८१, शनिबार

चीनमा ईसाई धर्मावलम्बीहरुलाई कडाई

प्रकाशित मिति :  11 June, 2021 8:40 am


चीनमा वर्तमान चीनको राजनैतिक स्वरुपमा ईसाई धर्ममाथी कडाई गर्न थालिएको छ । सन् २०२० को डिसेम्बरमा सेन्जेन शहरमा बाइबलको अडियो बेचिरहेका ४ जनालाई प्रशासनले पक्राउ गरिएको्े थियो । सेन्जेनको घटनाले पनि चीनको नेतृत्वले ईसाई धर्मप्रति देखाएको बन्धनकारी नीतीलाई उजागर गरेको छ ।

आस्थाको आधारमा मानव अधिकारका आधारभूत कुराहरु सम्म मिच्दै जाने नीति चाँही राष्ट्रपति सि जिगं पीनको रणनीति भएको मानिन्छ । चीनका सर्वोच्च नेता राष्ट्रपति सि जिगं पीनले आफ्नै हिसाबले समाजवाद र कम्यूनिजमको सैद्धान्तिक आधारशीलामा बाइबल र ईसाई धर्मलाई अल्पव्याख्या गरेको आरोप विश्व समुदायले लगाइरहेको छ ।

सेन्जेन घटनाका ४ जनालाई ५ वर्षको कारागार दिइएको थियो भने अर्का एकजना जस्ले उक्त अडियो बाइबलका संस्करणहरुलाई उत्पादन गरेका थिए, ति व्यक्तिलाई पनि ५ वर्षको कारागार सजाय सुनाइएको थियो । ति व्यक्तिहरुका परिवारजनलाई प्रशासनले सजाय र कारवाहीका कुराहरु गोप्य राख्न पटक पटक दबाब समेत दिँदै आएको बताउने गरेका छन ।

यस्ता घटनाहरु पश्चिमा सञ्चार माध्यमहरुमा नआओस भन्ने कुराहरुलाई चीनका शाषकहरुले विशेष ध्यानमा राखेको पाइन्छ । यद्धपी चीनमा ईसाई धर्मावलम्वीहरु माथी भएका दमनका लज्जास्पद घटनाहरु अमेरिकामा आधारित केहि मिडियाहरुले केन्द्रमा राखेर प्रकाशन गरेका थिए ।

सर्वोच्च कमाण्डरको सिनिसाइजेशन नीतिलाई धेरै ठाँउमा उदृत गरेको पाइन्छ । यस नीति अनुसार चीनमा वसोवास गरेका गैर चीनीया समुदायलाई चीनको मुलधारको संस्कार, भाषा र रहनसहनमा जबरजस्ती ल्याइनु भन्ने रहेको छ । यस नीति अनुरुप चीनमा रहेका ईसाईहरुलाई घरमै राख्ने, चर्च र पास्चरहरुभन्दा पर राख्ने नीति रहेको पाइन्छ ।

चीनमा रहेका ईसाई पास्चरहरुलाई धर्म मान्नका लागि लाइसेन्स चाहिने नीति रहेको छ । ईसाई धर्मावलम्बीहरुलाई धार्मिल भेला गर्न देखि सामुहिक रुपमा चाडपर्व मनाउन सम्म पूर्व अनुमति लिनुपर्ने प्रावधान छ । यसरी अनुमति लिएपनि चर्चमा धार्मिक सभा र सामुहिक भेला गर्न भने पाँइदैन । प्रशासनले तोकेको ठाँउमा मात्र यस्ता सभासम्मेलन गर्न पाइन्छ ।

चीनमा बाइबल बोकेको आधारमा नै उक्त मान्छेलाई तत्कालै जेल पठाउने प्रावधान छ । यो नियम चीनमा बसोवास गर्नेलाई मात्र लागु नभई त्यहाँ आउने आगन्तुकका लागि पनि लागु हुन्छ । प्रशासनले जारी गरेको लाइसेन्स नभएका पुजारीहरु बाहेक अरु कसैसंग पनि बाइबल बोक्ने अधिकार चीनले दिएको छैन । बाइबल विक्रि गर्न पनि सरकारले तोकेको चर्च अन्र्तगतका पुस्तक पसलहरुमा मात्र पाइन्छ । बाइबलका अडियो प्रतिलीपीहरु बनाउन, पुस्तक मुद्रण गर्न या इन्टरनेटमा प्रकाशन गर्न समेत पनि प्रतिबन्ध छ ।

चर्चका भित्ताहरुमा लेखिएका धार्मिक शब्दावलीहरु पनि मेटाइएको छ । यसको साटो चर्चका भित्ताहरुमा समाजवाद, राष्ट्रियता र कम्यूनिज्मका सिद्धान्त र उदहारणहरु लेखिएका पाइन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्दछ तर चीनको कम्यूनिष्ट पार्टीले बाइबलको नयाँ समाजवादी संस्करणको बिकास गरिरहेको छ । समाजवादका सिद्धान्तसंग मेल नखाने बाइबलका दृष्टान्तहरु हटाएर समाजवादको मुल्य झल्किने बाइबलको नयाँ संस्करणको बिकास चीनमा भइरहेको छ ।

मसिमो इन्ट्रोभिग्ने एक समाजशास्त्रि हुन् जो ईटाली नागरीक हुन् । यिनले पछिल्ला समयमा चीनको प्रशासकहरुको धर्म विरोधी नीतिहरु नजिकबाट नियालीरहेका छन् । संयूक्त अधिराज्यमा आधारित एक चर्च पत्रिका बिटर विन्टरमा यिनले चीनका प्रशासकहरुले आफ्नो सिद्धान्त लाद्नका लागि जिससको छवीको प्रयोग गरिनु निन्दनीय रहेको लेखेका छन् ।

राष्ट्रपति सि जिगं पीनले आफ्नो नीति अन्र्तगत उहिगुर र हुई मुसलमानहरुलाई बिस्थापन गरेपछि अब ईसाईहरुलाई निशानामा राखेको बताइन्छ ।

६०० वर्ष अगाडि पश्चिमाहरुले चीनको समुन्द्रनटमा टेकेका थिए । वाल स्ट्रिट जर्नलको सन् २०२० को एउटा आलेख अनुसार कल्चरल रिभोल्यूशन पछि करिब ३० लाखको हाराहारीमा रहेको चीनका ईसाईहरु अहिले बढेर १० करोड भएको र त्यसमा थप १ करोड २० लाख क्याथोलीकहरु रहेको तथ्याकं छ ।

पछिल्लो समयमा हङकङ्गको आन्दोलनमा चीनका ईसाई समुदायले चीनको शाषक विरुद्धमा गरेका कदमहरुका कारणले चीनको नीति ईसाईहरु प्रति थप कडा भएको पश्चिमाहरुको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !