७ आश्विन २०८१, सोमबार

जनमोर्चालाई गण्डकी प्रदेशमा हैरान, फेरि सांसद थापामाथि कारबाही

प्रकाशित मिति :  11 June, 2021 12:59 pm


कास्की । गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त भएका छन्।

हिजो प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा पार्टीको निर्णय विपरित थापा तटस्थ बसेपछि पार्टीले कारबाही गरेको हो ।

थापालाई पदमुक्त गर्न भनी जनमोर्चाले गरेको सिफारिस सभामुख नेत्रनाथ अधिकारीले उनलाई पदमुक्त गरिएको पत्र सभाको बैठकमा पढेर सुनाएका हुन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा रहेको जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। तर थापा तटस्थ बसेपछि उनीमाथि कारबाही भएको हो । उनी निरन्तर विपक्षी गठबन्धनको विरुद्ध उभिँदै आएका छन्।

उनी पदमुक्त भएपछि अब प्रदेश सभामा कायम रहेको संख्या घटेको र विपक्षी गठवन्धनलाई नयाँ सरकार बनाउन सहज भएको छ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

यसअघि पनि थापालाई पार्टीले कारबाही गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। अदालतले अन्तरिम आदेश जारी गर्दै उनलाई काम कारबाही गर्नबाट नरोक्न भनेको थियो।

 



प्रतिक्रिया दिनुहोस !