७ आश्विन २०८१, सोमबार

कालिकोटमा विप्लव नेतृत्व नेकपाको स्वास्थ्य तथा सरसफाई जनचेतना अभियान

प्रकाशित मिति :  11 June, 2021 2:21 pm


कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा स्वास्थ्य तथा सरसफाई जनचेतना अभियान सञ्चालन गरेको छ ।

जिल्लाका विभिन्न ठाउँमा जनचेतना अभियान सञ्चालन गरेको हो । अभियान अन्तगर्त आज कालिकोटको राम्नाकोट लाफामा स्वास्थ सम्बन्धित सचेतना कार्यक्रमसहित ५५ घरधुरीलाई साबुन र मास्क वितरण गरेको छ ।

जिल्ला सेक्रेटरी रणदिपको नेतृत्वमा पुगेको टोलीले साबुन र मास्क वितरण गरेको हो । सचेतना अभियान कार्यक्रममा बोल्दै आम नागरिकलाई स्वास्थ्य सम्बन्धी चेतना दिनका लागि अभियान थालिएको बताए ।

अभियानबारे आफ्नो धारणा राख्दै स्थानीय जयप्रसाद न्यौपानेले स्थानीय निकाय एवं जनप्रतिनिधीहरु बजेट भुक्तानी र कमिसनको खेलोमेलोमा रहेको आरोप लगाउँदै नेकपाको अभियानप्रति खुशी व्यक्त गरे ।

स्वास्थ्य सम्बन्धि अभियान जिल्लाभर चलाइने जिल्ला सेक्रेटरी रणदिपले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !