७ आश्विन २०८१, सोमबार

गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान,२४ घण्टाको समय

प्रकाशित मिति :  11 June, 2021 4:08 pm


कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनको आह्वान  गरेकी छन् ।

गण्डकी प्रदेश प्रमुख  पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान गरेकी छन् । उनले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

हिजो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बोटो खुलेको हो । विपक्षी गठबन्धनमा सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेका छन् ।

गठवन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनलाई ३१ सांसदको समर्थन आवश्यक छ । स्वतन्त्र सांसद दिपक मनाङेले साथ दिने बताएपछि बहुमत पुग्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !