७ मंसिर २०८१, शुक्रबार

‘संक्रमित भएर एकान्तमा रहँदा पनि मन भने गृह जिल्ला कपिलवस्तु पुगी रह्यो’

प्रकाशित मिति :  12 June, 2021 8:01 am


मेरो रिपोर्ट नेगेटिभ आएको एक साता मात्र भएको छ । पोजेटिभ देखिएपछि म, २३ दिन होम आइसोलेसनमा बसे ।

भगवानको कृपा त्यस्तो अप्रिय अवस्थाको सामना गर्नु परेन । तर मेरी जीवन संगिनीको रिपोर्ट अहिले पनि नेगेटिभ आएको छैन । हामी दुवै जनालाई एकै पटक पोजेटिभ देखिएको हो । तर अस्पताल भर्ना हुनु परेन ।

तर उनलाई अक्सिजनको मात्रा कम भएपछि चिकित्सकको परामर्शमा केही दिन अक्सिजन लिनु पर्‍यो । त्यो पनि घरमैं । हामीलाई पोजेटिभ देखिनुअघि सामान्य रुखा र खोकी मात्र थियो । त्यस पछिका तीन दिन अलि असजिलो महसुस भइरह्यो । अनि, शंका लागेर स्टार अस्पतालको अनलाइन सर्भिसअन्र्तगत घरमै बोलाएर स्वाब परीक्षणका लागि दियौं । रिपोर्ट पोजेटिभ आयो ।

रिपोर्ट पोजेटिभ आए पनि अवस्था असामान्य नभएकोले चिकित्सकको परामर्शमा घरमै आइसोलेसनमा बस्यौं । घरमा छोरा, बुहारी र दुई साना नातिनी भएकोले माथिल्लो तलालाई आइसोलेसन बनायौं । तर रेखदेख, स्याहार–सम्हार छोरा, बुहारीको रह्यो । उनीहरुले पकाएकै भान्साबाट भोजन गरिरह्यौं, भन्नुको अर्थ घरकै वातावरणलाई निरन्तरता दियौं ।

तर, सावधानी र उच्च सर्तकता अपनाएर । नियमित चिकित्सकको परामर्श, सल्लाह र सुझावलाई मानेर उपचार विधि अपनायौं ।

त्यस अवधिमा पनि केही दिन रुघा, घोकी र जीउ दुख्ने भइरह्यो । तर मैले आफ्नो नित्य कर्मलाई छाड्नु परेन् । बाहिरको सम्पर्क (फोन) बिच्छेद गरे । त्यस अवधिमा पनि बिहानै साढे चार बजे उठ्ने, नुहाई धुवाई गर्ने र घरकै कम्पाउन्डभित्र ‘वाक’ गर्ने क्रियालाई निरन्तरता दिएँ । साथै, योग, ध्यान र पुजाआजालाई निरन्तरता दिइरहेँ । तर घरभित्र मन्दिरमा प्रवेश गरिँन । सबै छुट्टै रहेर सर्तकता अपनाएर गरिरहेँ । जुन कर्म मेरो दैनिक जीवनका नित्य कर्म पनि हुन् ।

बिहान साँझ दुवै जना १२ हजार पाइला हिँड्ने तालिका नै छ । त्यस अवधिमा पनि हिडिरह्यौं । तर पछि उनी ग्रसित भएपछि मैले एक्लै उक्त दैनिकी अपनाएँ । दुवै संक्रमित भएकोले विहान, साँझ बाफ लिइरह्यौं, घरेलु औषधी जन्य (ज्वानो, बेसार पानी) झेलिलो पर्दाथ नियमित  लिरह्यौं ।

आईसोलेशन बसेको केहि दिनमा उनलाई (जीनसंगीनी) अलि च्याप्दै गयो । उनी आफैमा निमोनियाकी बिरामी हुन् । त्यसले पनि बढी हुन गयो । मलाई पनि पोजेटिभ भएकोले त्यस अवधीमा औषधी खुवाउने, अक्सिजनको मात्रा हेर्ने, पानी खुवाउने र अन्य सहयोग स्वयँम मैले नै  गरे ।

संक्रमणले मलाई भन्दा उनलाई संक्रमणले अलि ग्रसित तुल्यायो । उनलाई ग्रसित बनाए पनि चिकित्सकको निरन्तर सम्पर्कले घरमै अक्सिजन चलायौं । साथै, औषधि पनि घरमै रहेर गर्‍यौं । अस्पताल जानु परेन । त्यसले गर्दा उनको मानसिक अवस्था कमजोर हुन पाएन ।

मेरो त रिपोर्ट २३ औं दिनमा नेगेटिभ आयो । ‘होल बडी’ चेकजाँच पनि गराएँ । सबै नतिजा राम्रो देखिएको छ । त्यसले पनि ढुक्क छु, उच्च आत्मबलले नै संक्रमणलाई जित्न सफल रहेँ । तर उनको अझै पोजेटिभ आएकोले आइसोलेसनलाई निरन्तरता दिएका छौं । म पनि बाहिर निस्किएको छैन्।

संक्रमित अवधि फोन अफ (सम्पर्क विच्छेद) गरेर आइसोलेसनमा बसेर पूरा गरेँ । तर अहिले नेगेटिभ आएपछि फोन अन गरेर आएका फोन रिसिभ गरिरहेको छु । उनको अवस्थामा पनि अहिले त्यस्तो अरु लक्षण छैन । मात्र नेगेटिभ नदेखिएकोले आईसोलेनलाई निरन्तरता दिएका  छौं ।

आहार, विहार, नित्य कर्म, ध्यान, साधना र आराधानाको हाम्रो नित्य कर्म र संस्कारले उच्च आत्मबल राख्न सफल रह्यौं । त्यसो त म सँधै अध्यात्ममा विश्वास गर्ने व्यक्ति हुँ ।

आइसोलेसन अर्थात एकान्तबासमा रहँदा, वाक, योग, प्रणायामका अतिरिक्त डिजिटल साधनमा भजन, संगीत सुन्दै र हेर्दै दिन बिताए । घरमा दुई साना नातिनी छन् । उनीहरुसँग सम्पर्क, स्पर्श नभएपनि उनीहरुको बाहिरी चहल–पहलले हामीलाई बोर हुनु परेन् । संक्रमणले थकान भने एकदमै महशुर भैरह्यो ।

पुस्तक अध्ययन गर्ने बानी भए पनि २३ दिनको आइसोलेसनमा कुनै पुस्तक पढ्न सकिन् । किताब खोल्यो कि निद्रा वा थकान महसुस भइरहने भइरह्यो । र, अर्काे एउटा जानकारी सामाजिक संजालमा आउने समाचार वा जानकारी पनि फिल्टर गरेर मात्र ग्रहण गरे ।

आफैमा राजनीति गर्ने व्यक्ति समाचारबाट विच्छेद कसरी हुन सक्थेँ र ? सामाजिक संजाल र समाचार साइट पढ्नु, हेर्नु र अन्य सान्र्दभिक सूचना वा जानकारीले दिन बिताउन सहज भइरह्यो । एउटा फरक अनुभूति लिएर संक्रमण कालमा एकान्तबासमा अभ्यस्त हुन सिकियो ! त्यस्तो दिन शायदै अब बिताउन पर्ने छैन ! संक्रमित कालको एकान्त बाँसकव् एउटा छुट्टै अनुभूति रह्यो ।

संक्रमण मुक्त भए पनि अलि बढी शारीरिक कमजोरी अनुभूत भइरहेको छ । संक्रमण मुक्त भएपछि हिजो बिहीबार मात्र भर्चुअल एउटा बैठकमा सहभागी भएँ ।

मेरो विद्यालय (पद्मोदय) कालदेखिको मेरो अभिन्न मित्र विनोद विष्ट (कीर्तिनिधी विष्ट पुत्र) को कोभिडकै कारण निधन भएका थियो, उनको श्रद्धाञ्जली कार्यक्रम गान्धी पिस फाउन्डेसन नेपालका तर्फबाट राखिएको कार्यक्रममा सहभागिता जनाए । उक्त संस्थाको अध्यक्ष पनि भएकोले घरबाटै कार्यक्रमको सभापतित्व ग्रहण गरेर श्रद्धाञ्जली व्यक्त गरियो ।

विनोद मेरो अभिन्न मित्र थियो, दैवको लिला उसको निधन कोरोना संक्रमणकै कारण यस अवधिमा हुन पुग्यो । यतिबेला, उसका अधुरा सपनाको साक्षी म हुन पुगेको छु । बिनोद, गाान्धी पिस फाउन्डेसनको सदस्य पनि थियो ।

मृगौला ‘ट्रान्सप्लान्ट’ गरेको २० वर्ष भइसकेको थियो । तर उसमा उच्च आत्मबल थियो । उसले आफ्नो जीवनलाई बोनसको जीवन भन्थ्यो । तर यतिबेला उसलाई अकल्पनीय रुपमा गुमाउनु पर्‍यो ।

दशकौं पुरानो साथ, संगत र सम्बन्धले उसको निधन विश्वास गर्न सकिरहेको छैन । तर सत्य, ऊ हामीबीच छैन् । विनोद, बहुगुणी, सरल, शान्त स्वभावको साथी थियो । मैले कहिल्यै पनि उसमा घमण्ड देखिँन । म दिल्लीमा राजदूत रहुँदा उसले बनारस विश्वविद्यालयबाट विद्यावारधी गरेको हो ।

त्यसैले यसै सन्र्दभमा भन्न चाहन्छु, मानिसले आत्मबल जागृत गराउन सके उमेर अवस्था र रोग लाग्दैमा डराउनु पर्दैन् । विनोदले मृगौला ‘ट्रान्सप्लान्ट’ गरेको वर्षैपछि विद्यावरधी गरेर पनि देश र समाजका लागि कैयौं काम गर्न सफल रह्यो । उसले गरेका कैयौं रचनात्मक कामको साक्षी म आफै छु ।

त्यसैले मानिसले आफूमा रहेको सकारात्मक सोचलाई रचनात्मक काममा रुपान्तरण गर्न आवश्यक छ । जीवन छोटो छ, तर आयु लामो छ । त्यसैले सधै उच्च आत्मबल राखेर बाँच्न सिकौं ।

मैले नजिकबाट चिनको कैयौं परिवारले आफ्ना अभिभावक एवंम परिवारका सदस्य गुमाएको सुन्नु परेको छ । संक्रमणमुक्त अवस्थामा त्यसले पनि मन विचलित हुने गरेको छ । मेरो आफ्नो गृह जिल्ला कपिलवस्तुका कैयौं परिवारमा पनि दु:खद घटना बारे अवगत छु । समय र अवस्थाले पुग्न सकिरहेको छैन् । आफै संक्रमित भएकोले यस अवधिमा जिल्ला फर्किन् सम्भव भएन । संक्रमित भएर एकान्तमा रहँदा पनि मन, भने गृहजिल्ला कपिलवस्तु पुगिरह्योे ।

कपिलवस्तु यस अवधिमासंक्रमणको उच्च चपेटामा पर्‍यो । सरकारको अर्कमण्यताका कारण अस्पताल पुगेर पनि अक्सिजन नपाएरै कैयौंले ज्यान गुमाएका समाचार एकान्तमा रहँदा सुन्नु पर्‍यो । परिवारका सदस्य गुमाउनु भएका र दु:खद क्षण बेहोर्नु हुने सम्पूर्ण परिवारप्रति हार्दिक श्रद्धाञ्जली एवं संमवेदना व्यक्त गर्न चाहन्छु ।

अझै पनि स्वास्थ्य सर्तकता अपनाऔं, भन्न चाहन्छु । यस्तो विषम परिस्थितीमा सबैले स्नेह, मैत्री, प्रेम, करुणा, बन्दना जस्ता भावलाई जगाउन सकौं । जसले अरुलाई पनि उच्च आत्मबल वा मनोबल प्रदान गर्न सकियोस ।

अन्त्यमा संक्रमित अवस्थामा हामीप्रति माया एवंम स्नेह भाव राखेर,चासो प्रकट गर्नुहुने आफन्त, शुभचिन्तक, सहकर्मी, सहृदयीजन र उपचार एवंम परामर्श प्रदान गर्नुहुने चिकित्सक सहित सबैलाई धन्यवाद भन्न चाहन्छु ।
प्रस्तुती: सञ्जय पन्थी



प्रतिक्रिया दिनुहोस !