५ आश्विन २०८१, शनिबार

भारतमा कोरोना संक्रमण दर घट्दो

प्रकाशित मिति :  12 June, 2021 8:22 am


काडमाडौ २९ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण ८५ हजारभन्दा तल झरेको छ ।भारत केही समयअघिसम्म कोरोनाका कारण नराम्ररी प्रभावित बनेको भारतमा क्रमस सङ्क्रमण घट्दो क्रममा रहेको छ ।कोरोनाको दोस्रो भेरियन्टले विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको मुलुक हो ।

यहाँ दैनिक चार लाखभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि हुने गरेको थियो । हालसम्म विश्वका कुनै पनि मुलुकमा एक दिनमा चार लाख सङ्क्रमित भेटिएका छैनन् । तर त्यो सङ्ख्या क्रमस घट्दै अहिले ८५ हजारभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार छ सय ९५ जना नयाँ बिरामी थपिएका छन् ।

भारतमा नयाँ थपिएको सङ्क्रमित सङ्ख्या अन्य मुलुकको भन्दा उच्च हो । भारतमा हालसम्म दुई करोड ९३ लाख ५८ हजार ३३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७९ लाख एक हजार छ सय ८८ जना उपचारपछि निको हुँदै कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । १० लाख ८९ हजार दुई सय ४८ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।



प्रतिक्रिया दिनुहोस !