७ आश्विन २०८१, सोमबार

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

प्रकाशित मिति :  12 June, 2021 8:29 am


काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन ।

पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।

बैठकमा भदौंमा जुनसुकै हालतमा महाधिवेशन गर्नेगरि कार्यतालिकामा हेरफेर गर्ने तयारीका बिषयमा छलफल हुने जनाइएको छ। वर्तमान कार्यतालिका अनुसार असार ५ बाट वडा अधिवेसन गर्नुपर्ने वाध्यता कांग्रेसलाई छ ।

तर क्रियाशील सदस्यताको विवादलाई पार्टीले टुंगीन सकेको छैन । यस्तै सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन।

सहमहामन्त्री डाक्टर महतका अनुसार भोलिको पदाधीकारी बैठकमा भदौं ७ देखि १० सम्म केन्द्रीय महाधिवेसन सक्ने गरि कार्यतालिका हेरफेरमा प्रारम्भीक सहमती जुटाउने र त्यसलाई केन्द्रीय कार्यसमिति बैठक डाकेर अनुमोदन गराउने तयारी सभापति देउवाको छ ।

यस्तै बैठकमा दलिय गठबन्धनको उपलब्धिको समीक्षा तथा समग्र राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !