५ आश्विन २०८१, शनिबार

अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने पाकिस्तानको प्रयासले असफलता पाएन

प्रकाशित मिति :  12 June, 2021 8:46 am


इस्लामाबाद । पाकिस्तानले अमेरिकासंग सम्बन्ध पुनर्जीवित गर्न गरेको प्रयासलले खासै सफलता हाँसील गर्न नसकेको देखीएको छ। पाकिस्तानले अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसंगै उक्त प्रशासनसंग सम्बन्ध सुधारका लागि गरेको प्रयासमा अमेरिकी प्रशासनले खासै महत्व दिएको छैन ।

पाकिस्तानले बाइडेन प्रशासन आएसंगै अमेरिकासंगको सुरक्षा र आर्थिक सहयोगको अपेक्षा राख्दै आएको थियो। राष्ट्रपति बाइडेनले पाकिस्तानलाई राम्ररी बुझेको र नयाँ समझदारीको मार्ग प्रशस्त गर्न मद्दत पुर्‍याउँने भन्दै पाकिस्तान आशावादी बनेपनि अमेरिकाले महत्व नदिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन्।

नीति निर्माणमा संलग्न एक वरिष्ठ पाकिस्तानी अधिकारीले द एक्सप्रेस ट्रिब्यूनलाई पाकिस्तान अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा द्विपक्षीय लेन्स मार्फत विकास गर्न चाहेको र चिनियाँ लेन्स वा भारतीय लेन्सबाट बुझ्न नचाहेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस !