७ आश्विन २०८१, सोमबार

नरोत्तम वैद्यलाई आत्मआलोचना गर्न कांग्रेस प्रवक्ताको निर्देशन

प्रकाशित मिति :  12 June, 2021 9:11 am


काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई आत्म आलोचना गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले शुक्रवारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा नाथुराम गोड्सेजस्तो व्यक्ति चाहिएको भनेर मन्तव्य राखेका थिए ।

उनको सो अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना भइरहेको छ भने नेकपा एमालेका नेता कार्यकर्ताहरुले नेपाली कांग्रेसको आधिकारिक धारणा मागिरहेको छन् । यस सम्बन्धमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन नपाइने भन्दै उक्त शब्द फिर्ता लिई आत्मआलोचना गर्न निर्देशन गरेका हुन् ।

प्रवक्ता शर्माले तर्कले आपत्तिजनक शब्द छोप्ने आफुहरुको परम्परा नरहेको पनि स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस !