३ आश्विन २०८१, बिहिबार

कोभिड-१९ : एसियाली एलडीसीमै नेपालको संक्रमण र मृत्युदर उच्च

प्रकाशित मिति :  12 June, 2021 3:13 pm


काठमाडौं । कोभिड-१९ महामारीबाट नेपाल अत्याधिक संक्रमित मुलुकहरूको सूचीमा माथिल्लो पंक्तिमा परेको छ । अतिकम विकसित मुलुकहरू (एलडीसीज्)सम्बन्धी संयुक्त राष्ट्र संघीय नियोगले प्रकासित गरेको एक अध्ययन प्रतिवेदनअनुसार एसियाली एलडीसीहरूमध्ये नेपाल संक्रमण र मृत्युदरका आधारमा सबैभन्दा माथि परेको हो ।

प्रतिवेदनअनुसार नेपालमा संक्रमण दर प्रति १० लाख जनसंख्यामा ९ हजार ४७४ रहेको छ भने मृत्युदर प्रति १० लाख जनसंख्यामा १०४ जना रहेको छ । यो एसियाली एलडीसीज्‌मै सर्वाधिक धेरै हो । नियोगले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मार्च २५ सम्मको तथ्यांकका आधारमा यो विवरण प्रकासित गरेको हो ।

नेपालपछि सर्वाधिक संक्रमण हुने एसियाली एलडीसीमा बंगलादेश परेको छ भने मृत्युदरका आधारमा अफगानिस्तान छ । बंगलादेशमा प्रति १० लाखमा संक्रमित दर ३ हजार ४८३ जना रहेको छ भने अफगानिस्तानमा मृत्युदर ६३ छ ।

मृत्युदर उच्च भएका अन्य एसियाली एलडीसीमा म्यानमार (प्रति १० लाखमा ५९ जना), बंगलादेश (प्रति १० लाखमा ५३ जना)रहेको छ ।

बंगलादेशमा ५० लाख डोज खोप

प्रतिवेदनअनुसार मार्च २५ सम्म ४० लाख ९० हजार डोज खोप लगाइसकिँदा नेपालमा त्यो अनुपात १६ लाख ३४ हजारमात्रै थियो भने भुटानमा सो मितिमा २ लाख ४४ हजार डोज भ्याक्सिन लगाइएको थियो  ।

प्रतिवेदनले कोभिड-१९ का कारण सबै अतिकम विकसित मुलुकहरू प्रभावित भएको भन्दै यी मुलुकहरूमा कोभिड-१९ लगायतका महामारीसम्बन्धी पूर्वतयारी निकै कमजोर रहेको औ‍ंल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !