७ आश्विन २०८१, सोमबार
संघकै प्रकरण आशंका

गण्डकीमा नयाँ मुख्यमन्त्री नियुक्तिमा ढिलाई भएपछि विपक्षी गठवन्धनका सांसद धर्नामा

प्रकाशित मिति :  12 June, 2021 5:13 pm


काठमाडौं । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिँदा पनि नयाँ मुख्यमन्त्री नियुक्त नगरिएपछि विपक्षी गठवन्धनका सांसद धर्नामा बसेका छन् ।

नयाँ मुख्यमन्त्रीको नियुक्तिमा ढिलाइ भएपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा सुरु गरेका हुन् ।

विपक्षी गठबन्धनका बहुमत सदस्य सबै ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रमुख प्रमुख सीता कुमारी पौडेलले नयाँ सरकार गठनका लागि आज तीन बजेसम्मको समय दिएकी थिइन् ।

मुख्यमन्त्रीमा विपक्षी गठवन्धनको तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए

मुख्य मन्त्रीको निवास अगाडि नेपाली कांग्रेसका १३ जना, माओवादी केन्द्रका ११ जना, जसपाका २ जना, जनमोर्चाका १ जना र स्वतन्त्र सांसद दीपक मनाङ्गेले धर्ना दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !