७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

प्रकाशित मिति :  12 June, 2021 5:43 pm


काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । । प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागिआहृवान गरेपछि पोखरेलले विपक्षी गठवन्धनको तर्फबाट ३१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी गरेका थिए ।

पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !