७ आश्विन २०८१, सोमबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई निवर्तमान मुख्यमन्त्री गुरूङले फोन गरेर दिए बधाई

प्रकाशित मिति :  12 June, 2021 7:25 pm


पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।

मुख्यमन्त्रीमा नवनियुक्त पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले फोन गरेर बधाई दिएका छन् ।

फोन सम्पर्क गर्दै निवर्तमान मुख्यमन्त्री गुरूङले भने, “मुख्यमन्त्री हुनभएकोमा म र मेरो पार्टीको तर्फबाट बधाई छ । तपाईको सफल कार्यकालको लागि एकदम शुभकामना छ है।”

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागिआहृवान गरेपछि पोखरेलले विपक्षी गठवन्धनको तर्फबाट ३१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !