नेता पुन र पूर्वसभामुख घर्ती गृह जिल्ला रोल्पामा, सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री
उमा केसी-
रोल्पा । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती स्वास्थ सामाग्री लिएर गृह जिल्ला रोल्पा पुगेका छन् ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका पूर्वमन्त्री पुन र लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेकी पूर्व सभामुख घर्तीले स्वास्थ्य सामाग्री लिएर रोल्पा गएका हुन् । उनीहरूले आफूले लिएर गएको स्वास्थ्य सामाग्री पालिका तथा कोरोना विरुद्ध अग्रस्थानमा लड्ने निकायलाई वितरण गरिरहेका छन् ।
जिल्लाका १० वटै स्थानीय तह र कोरोना विरुद्धको लडाईं अग्रभागमा खटिने सुरक्षाकर्मी,स्वास्थ्थकर्मी, पत्रकार लगायत सरकारी तथा गैर सरकारी कार्यालयहरूलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
पुन र घर्तीले पूर्वी रोल्पाका सबै स्थानीय तह र सदरमुकाम लिवाङमा रहेका सरकारी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेका छन् ।
पूर्वमन्त्री पुनले हिजो रोल्पा अस्पताल रेउघाको प्रांगणमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोरोना संक्रमणका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको र यसमा सचेत रहन सवै समुदायमा जन चेतना फैलाउन सवै सरोकारवालामा आग्रह गरे ।
उनले भने,“ कोरोना भाइरसको दोस्रो लहरमा शहर तिर भन्दा गाउस्तरमा भयाभयक छ, पहिले भारत तथा तेस्रो मुलुकबाट आउनेलाई स्थानीय तह आफैलै क्वारेनटाइनमा राखिन्थ्यो अहिले त्यस्तो व्यवस्था गरिएन झन भयाभवह भयो ।
नेता पुनले रोल्पा अस्पताल रेउघालाई अक्सिजन कन्सन्टेटर २ थान,एन-९५ माक्स २००, एन्टीजेन किट १००,सर्जिकल माक्स ५००,पिपिइ सेट ५ र सेनिटाइजर १ कार्टुन हस्तान्तरण गरे । त्यस्तै रोल्पा नगरपालिकालाई अक्सिजन कन्सन्टेटर १ थान, एन-९५ माक्स १ हजार, सर्जिकल माक्स २५ सय,एन्टीजेन किट १ हजार, पिपिइ सेट २,जिल्ला प्रशासन कार्यालय रोल्पालाई एन-९५ माक्स ५०,सर्जिकल माक्स १ हजार,जिल्ला प्रहरी कार्यालय रोल्पालाई एन-९५ माक्स ५०,सर्जिकल माक्स १ हजार,सशस्त्र प्रहरी बल रोल्पालाई एन-९५ माक्स५०,सर्जिकल माक्स १ हजार हस्तान्तरण गरे ।
त्यस्तै पत्रकार महासंघ रोल्पालाई एन-९५ माक्स माक्स ५०,सर्जिकल माक्स १ हजार,राष्ट्रिय अनुसन्धान विभाग रोल्पा सर्जिकल माक्स ५०, जिल्ला कारागार रोल्पालाई सर्जिकल माक्स १हजार, बाल कल्याण नमुना माविलाई सर्जिकल माक्स १ हजार वटा नेता पुनले उपलब्ध गराएका छन् ।
अस्ति मात्रै सुनछहरी,सुनिलस्मृति र लुंग्री गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए । आज र भोली थप गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेता पुनले जानकारी दिए ।
कोरोना संक्रमणको दोस्रो लहरमा रोल्पापनि बढी चपेटामा परेको छ । अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ भने अझैपनि साढे ७ सय भन्दा बढी सक्रिय संक्रमित संख्या रहेको छ ।