५ आश्विन २०८१, शनिबार

पाकिस्तानमा तिर्थयात्रीहरु बोकेको बस दुर्घटना, १८ को मृत्यु

प्रकाशित मिति :  13 June, 2021 10:38 am


पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानमा तिर्थयात्रुहरु बोकेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छभने ४२ भन्दा बढि घाइतेको भएका छन । प्रान्तिय राजधानी क्वेटा भन्दा २६० किमी दक्षिणतर्फ पर्ने खुज्दार शहर नजिक बस दुर्घटना भएको सुरक्षा अधिकारी विलाल अहमदले बताएका छन् ।

विलाल अहमद्का अनुसार बस अत्याधिक तिव्र गतिमा थियो र अनियन्त्रित भएर सडम मुनी खसेको थियो । दुर्घटनाका गम्भीर घाइतेहरुलाई कराँची लगिएको विलालले बताएका छन् । दुर्घटनास्थलवाट कराँची करिब ३५ किमी पर छ ।

बलोचिस्तानको वाध क्षेत्रमा एउटा धार्मिक सभामा भाग लिएर तिर्थयात्रुहरु सिन्ध प्रान्तमा फर्किरहेको बताइएको छ । पाकिस्तानको सडकहरुको अवस्थाका कारणले दुर्घटनाहरु भइरहन्छन् ।

सन् २०१८ को विश्व स्वास्थ संगठनको अध्ययन अध्ययन अनुसार सन् २०१६ मा मात्रै कम्तिमा २८६५२ जना पाकिस्तानीहरु सडक दुर्घटनामा मारिएका थिए । यस अनुपातमा प्रति १ लाख पाकिस्तानी जनसख्याँमा १४ दशमलव ३ प्रतिशत को दुर्घटनामा मृत्यू भएको देखिन्छ ।

सन् २०१६ पछि चाँही चीनको सहयोगमा पाकिस्तानको यातायात संरचनाहरु बिकास र बिस्तार गरिन थालियो । ६० विलियन अमेरिकी डलर बरावरको चाइना पाकिस्तान इकोनोमीक करीडर अन्र्तगत दुई देश विचको यातायात, भौतिक संरचना र वाणिज्य बिकास गरिने योजना छ ।

यद्धपी पाकिस्तानका बिभिन्न सडक र रेल संरचनाहरु अझै पनि उस्तै छन् । गत हप्ताको सोमवार मात्रै सिन्ध प्रान्तमा एउटा यात्रुवाहक रेल आफ्नो ट्याकवाट निस्केर अर्को रेलसंग ठोकिँदा ६३ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !