८ माघ २०८१, मंगलबार

बाँकेमा उपचाररत विभिन्न जिल्लाका थप ५ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  13 June, 2021 2:09 pm


बाँके । बाँकेमा उपचाररत विभिन्न जिल्लाका थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एक/एकजना गरी ५ जनाको मृत्यु भएको जानकारी दिए । यो संख्या हिजो दिउँसो ३:४५ देखि आइतबार बिहान ७ बजेसम्मको ओलीको भनाइ छ ।

मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय पुरुषको शनिबार दिउँसो ३:४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै बर्दियाको राजापुर नगरपालिका(१ की ४९ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । त्यस्तै सल्यानको कालिमाटी गाउँपालिका-२ का ४६ पुरुषको भेरी अस्पतालमै मृत्यु भएको फोकल पर्सन ओलीले बताए । उनीमा जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको लमही नगरपालिका-१ की ३२ महिलाको आइतबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका-५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ४:१० बजे मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !