७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रकाशित मिति :  13 June, 2021 2:40 pm


काठमाडौं । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आज बसेको बैठकबाट प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेका थिए ।

विपक्षीले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै नीति तथा कार्यक्रम र बजेट ल्याउने नैतिक हैसियत नरहेको दाबी गर्दै आएका थिए । तर नीति तथा कार्यक्रम पारित गरेपछि सत्तापक्षको मनोबल बढेको छ ।



प्रतिक्रिया दिनुहोस !