काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलोसहित एक हप्ता थप [आदेशसहित]
प्रकाशित मिति : 13 June, 2021 5:31 pm
काठमाडौं । काठमाडौं उपत्यकामा जारी केही निषेधाज्ञामा केही खुकुलो बनाउँदै एक हप्तासम्म लब्बाइएको छ ।
आज बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अझै कोरोना संक्रमणको जोखिम रहेको भन्दै निषेधाज्ञा लम्बाएको हो ।
अब तरकारी,फलफूल,खाद्यान्न,दूध डेरी,मासु,खानेपानी,ग्यास पसलहरु,किराना पसल र डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र) बिहान ११ बजेसम्म खुल्ने पाउने छन् ।
तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण भने गर्न पाइने छैन । स्थानीय ढुवानीका लागि राति ९ बजेदेखि बिहान ११ बजेसम्म खुल्ला गरिएको छ । त्यस्तै विकास निर्माणजन्य सामग्रीका पसलहरु दिउँसो ४ बजेपछि सञ्चालन गर्न पाईने आदेशमा उल्लेख छ ।आदेश: