५ आश्विन २०८१, शनिबार

आगामी हप्ता एलओसीका विषयमा भारतीय सेनामा उच्चस्तरिय छलफल गरिने

प्रकाशित मिति :  14 June, 2021 7:28 am


नया दिल्ली ।पूर्वी लदाख को विपरित तर्फ एलओसीको भारतीय तर्फ नै चीनका सेनाहरुको बढ्दो गतिविधी अहिले भारतीय पक्षका लागि चुनौति भएको छ । यस विषयालाई लिएर भारतीय सेनाको उच्चस्तरिय नेतृत्वसंग आगामी हप्ता छलफल गरिने भएको छ ।

यस छलफलमा भारतीय सेनाको कार्यगत तयारी र कुनैपनि बेला जवाफी कारवाही गर्न सक्ने तत्परता विषयमा छलफल गरिने बताइएको छ । यस मिटिंगलाई कमाण्डर इन चिफ दर्जाका अफिसियलहरुले प्रतिनिधित्व गर्ने भनी एसिएन न्यूज एजेन्सी एएनआई लाई श्रोतले बताएको भनीएको छ ।
जुन १६ तारिख वाट २ दिनसम्म हुने यस मिटिंगमा एलओसीका साथै अन्य सुरक्षागत मुद्धाहरुमा समेत छलफल गरिने बताइएको छ । भारतीय सेनाका मुख्य मनोज मुकुन्द नरवानेले एलओसी विषयमा भारतीय सेनाको तयारीलाई अत्यन्त नजिकवाट हेरेको र सेना प्रमुख स्वंले ८ पटक एलओसी सेक्टर सेभेनको भ्रमण गरेर परिस्थितीको मुल्याकंन गरिसकेको बताइन्छ ।

गत साल नै भारतीय सेना चिनियाँ सेनाले आफ्नो परम्परागत तालिम केन्दमा ठूलो स्तरको सैन्य अभ्यास गरिरहेको छ। भारतीय पक्ष चिनियाँ पक्षसंग यथाशक्य छिटो संवादका माध्यमले समाधान गर्ने कुरामा आशावादी रहेको बताइएको छ । गतवर्ष चिनियाँ पक्षले भारतीय सिमातर्फ भारी मात्रामा आक्रामक सैन्य गतिविधी प्रदर्शन गरेपछि दुबै देशको सिमामा सैन्य उपस्थिती बढेको हो । हुन त सैन्य एवं कुटनैतिक पहलका कारणले पानगोगं तालको क्षेत्रवाट चिनिँया सेना हटेको त थियो यद्धपी अझै भारतचीन सिमाका धेरै स्थानहरुमा चिनिँया सेनाहरुको उपस्थिती आक्रामक नै रहेको बताइएको छ ।

यसक्रममा भारतीय पक्षले प्रतिउत्तरमा भारी हातहतियारका साथमा आफ्ना ५० हजार सेनालाई सिमामा चिनिँया आक्रामक प्रवृतिको जाँचका लागि खटाएको छ ।



प्रतिक्रिया दिनुहोस !