८ माघ २०८१, मंगलबार

अस्वस्थ भएका पूर्वप्रधानमन्त्री खनाल केही दिन अस्पतालमै रहने

प्रकाशित मिति :  14 June, 2021 11:58 am


काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई केही दिन अस्पतालमै राखिने भएको छ ।

अस्वस्थ भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई केही दिन अस्पतालमै राखिने उनको सचिवालयले जनाएको छ ।

खनालको सचिवालयले भनेको छ,“अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।”

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल भर्ना गरिएको थियो ।

पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोरोना संक्रमण भएको थियो । कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर उनले आराम गरिरहेका थिए । तर अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !