७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेश सभा सदस्य थापाको पद गयो, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज

प्रकाशित मिति :  14 June, 2021 4:40 pm


काठमाडौैं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ ।

सांसद थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले आज खारेज गरेसँग थापाको पद गएको   हो ।

सांसद थापाले पार्टीको निर्णय विपरित तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीको खारेजीको माग गर्दै सर्वोच्च अदालतले कारबाही कार्यान्वयन नगर्न जेठ २३ गते अन्तरिम आदेश दिएको थियो ।

तर आज भएको सुनुवाईमा न्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरेको हो ।

सर्वोच्च आदालतले जारी गरेको अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र उपयुक्तता रहिरेको नदेखिँएकोभन्दै निरन्तरता दिन आवश्यक नभएको उल्लेख छ । जेठ २३ गते अन्तरिम आदेश जारी भएपछि फेरि थापालाई पार्टीले कारबाही गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !