५ आश्विन २०८१, शनिबार

भारतमा कोरोना संक्रमितको संख्या पछिल्लो ७५ दिनमा सबैभन्दा कम

प्रकाशित मिति :  15 June, 2021 10:31 am


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या पछिल्लो ७५ दिनमा सबैभन्दा कम भेटिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार एकैदिन ४ लाखसम्म कोरोना संक्रमित भेटिएको भारतमा पछिल्लो २४ घण्टामा ६०,४७१ जनामात्रै थपिएका छन् ।

त्यस्तै १,१७,५२५ जना निको भएका छन् । २७२६ जनाको थप मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्यापनि ९,१३,३७८ मा झरेको छ ।

भारतमा कोरोना संक्रमित निको हुने दर ९५.६४ प्रतिशत छ ।



प्रतिक्रिया दिनुहोस !