रोल्पामा आजदेखि निषेधाज्ञा केही खुकुलो, निर्माण सामाग्री ढुवानी र बैंक नियमित चल्ने
उमा केसी-
रोल्पा। रोल्पामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै आषाढ १० गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा रोल्पाका प्रमुख जिल्ला अधिकारीको आदेशले आजदेखि लागू हुने गरि निषेधाज्ञाको अवधि थप गरेको हो ।
रोल्पामा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । यो चौथो पटक जारी गरिएको निषेधाज्ञा हो । यस अघि गत जेठ २० गते तेश्रो पटक जारी गरिएको थियो । कोभिड १९ को संक्रमण अझै नियन्त्रणमा आई नसकेको भन्दै आषाढ १० गते राती १२ वजेसम्म रोल्पा जिल्लाभर लागू हुने जारी आदेशमा उल्लेख छ ।
विकास निर्माण कार्यको लागि निर्माण सामाग्रीहरु वेलुका ५ वजेदखी ८ वजेसम्म मात्र ढुवानी गर्न पाउन यस अघिको निर्णयलाई परिवर्तन गरि अब नियमित रुपमा ढुवानी गर्न सक्ने निर्णय गरेको छ ।
विकास निर्माणसंग संवन्धित कार्यालय र अति आवश्यक सेवा संचालन गर्ने कार्यालयहरूको सवारी साधन जिल्ला भित्र सहजढंगले चल्न पाउने गरि नियम खुकुलो बनाएको छ ।
विहान ७ देखी ९ वजेसम्म खुल्दै आएका पसलहरूअव विहान ६ देखी १० वजेसम्म खुल्ने भएका छन । स्वास्थ्य सामाग्री,औषधी पसल भने २४ सैं घण्टा खुला रहन पाउने भएका छन । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने वैंकिङ सेवाहरू शाखा प्रवन्धकले न्यूनतम कर्मचारीको उपस्थितिमा नियमित सेवा प्रवाह गर्न पाउने भएका छन् ।
होटल व्यवसाय,पाटी प्यालेस,दोहोरी,नाचघर,क्लव, मनोरञ्जन स्थल, शैलुन, व्यूटीपार्लर, हेल्थक्लव, कवर्डहल, फुटसल, जिमखाना,दर्शक सहितको खेलकुद र निजी सवारी साधन सञ्चालनमा ल्याउन नपाईने भएको छ ।
निषेधाज्ञाको वर्खिलाप गरे कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा २१ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ वमोजिम दण्ड जरिवाना हुने आदेशमा उल्लेख गरिएको छ ।
कोरोनाका कारण रोल्पामा १७ जनाले ज्यान गुमाई सकेका छन् । उपचारका क्रममा जिल्ला वाहिर ज्यान गुमाउनेको संख्या करिव १ दर्जन रहेको वताईन्छ । जिल्लामा पिसिआर १ हजार ४ सय ८८ र एन्टिजिन २ हजार ६ सय ८ गरि ४ हजार ९६जनामा कोरोना परिक्षण गर्दा १ हजार ८ सय ३० मा संक्रमण पुष्टी भएको थियो ।
संक्रमित मध्ये १ हजार ३ सय ३ जनाले कोरोना जितिसकेका छन । हाल होम आईशोलेशनमा ३५२ जना रहेका छन् । संक्रमित मध्ये रोल्पा अस्पतालको आइसोलेशनमा १४ जना र जिल्ला भित्रका विभिन्न स्थानीय तहहरुको आइसोलसनमा १४४ जना रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।