५ आश्विन २०८१, शनिबार

पाकिस्तानमा बेपत्ताको खोजी र छानबीन गर्न परिवारको माग

प्रकाशित मिति :  15 June, 2021 10:51 am


पेशावर । पाकिस्तानको पेशावर शहरमा बेपत्ता पारिएकाहरुको सकुशल घर फिर्ता गर्न आफन्तले माग गरेका छन् । पेशावर प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै बेपत्ताका आफन्त तथा परिवारहरुले उनीहरुको विनासर्त सकुशल फिर्ता गर्न र निष्पक्ष छानबीनका लागि अदालतमा उपस्थित गराउन माग गरेका छन् ।

सन् २००९–२०१० मा बेपत्ता पारिएकाको खोजी र छानबीनका लागि परिवारले सरकारलाई माग गरेका हुन् । बेपत्ताको छानबीनका लागि सबै सम्बन्धित निकायमा आग्रह गरेको तर कुनै जवाफ नआएको परिवारले बताएका छन् ।

अदालतले २ सय ७० जना बेपत्ताको रिहाइको फैसला गरेपनि अधिकांस अझै रिहा नभएको बताइएको छ। बेपत्ता भएकाहरु बबिद्यलाय पढ्ने बालकहरु समेत रहेको र एकै परिवारको आठ जना सम्म पनि बेपत्ता पारिएको पाकिस्तानी संचार संस्थानहरुले जनाएका छन्। स्रोतः जी फाईभ



प्रतिक्रिया दिनुहोस !