मौसम अपडेट : मनसुन थप सक्रिय,गण्डकी,लुम्बिनी र बागमती बढी प्रभावित हुने अनुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जनाएको छ ।
आज दिउँसो विशेष बुलेटिन जारी गर्दै यसका कारण आज दिउँसो र राती नेपालका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि भू(भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाले भनेको छ,त्यसैले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशका पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको भन्दै सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध गरेको छ ।