१ मंसिर २०८१, शनिबार

धितोपत्र बोर्डले भन्यो : यी ५१ ओटा कम्पनीको सेयरमूल्यमा चलखेल (नामावलीसहित)

प्रकाशित मिति :  15 June, 2021 4:52 pm


काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जोखिमयुक्त संगठित संस्थाको नामावली सार्वजनिक गरेको छ । बोर्डले ५१ वटा कम्पनीहरुको सेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको जानकारी दिँदै विस्तृत रुपमा अध्ययन प्रक्रिया अगाडि बढाएको बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डले विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ । हाल ती कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको धितोपत्र बोर्डले जनाएको छ। ५१ वटा कम्पनीहरुमध्ये धेरै जसो हाइड्रोपावर कम्पनी परेका छन् ।

पहिलो चरणको अध्ययन सकिएपछि बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । अध्ययनमा कमजोर पफमेन्स भएका हाइड्रोपावर विकास बैंक र वित्त कम्पनी निर्जिवन बिमा कम्पनीहरु, जीवन बिमा कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रचर बैंक, विकाल बजार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष लगायत कम्पनीको सेयर मूल्य अस्वभाविक देखिएको बोर्डले जनाएको छ ।

विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्यवृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको छ ।

बोर्डबाट गरिएको प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाका सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानीसम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचक/वितरण लगानीकर्ताहरुलाई जानकारी गराउनका लागि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ।

 

 

 



प्रतिक्रिया दिनुहोस !