लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड रुपैयाँ
प्रकाशित मिति : 15 June, 2021 5:32 pm
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले उक्त बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक बजेट तर्फ चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ छ भने पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ रहेको जानकारी दिए ।
स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिए ।