३ आश्विन २०८१, बिहिबार

प्रदेश १ मा ३२ अर्ब ४२ करोडको बजेट

प्रकाशित मिति :  15 June, 2021 6:08 pm


काठमाडौं । प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४२ करोड रुपैयाँबराबरको बजेट ल्याएको छ, यो चालू आर्थिक वर्ष २०७७÷७८ को संशोधित बजेटभन्दा १९ प्रतिशत बढी हो ।

प्रदेश १ सरकारले चालूभन्दा बढी पुँजीगततर्फ बजेट विनियोजन गरेको छ ।प्रदेश १का आर्थिक मामिला तथा योजना मन्त्री टंक आमला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १४ अर्ब १६ करोड, पुँजीगततर्फ १५ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजनको क्रमसः ४३.६ प्रतिशत र ४६.३ प्रतिशत हो ।

यस्तै, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ करोड रुपैयाँ विनियोजित छ ।

कुल बजेटमध्ये प्रदेश सरकारको आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड, राजस्व बाँडफाँटबाट ९ अर्ब ८१ करोड, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५६ करोड, सशर्त अनुदान ५ अर्ब ९६ करोड, समपुरक अनुदान १ अर्ब १६ करोड र विशेषअनुदान ५९ करोड ३३ लाख गरी राजस्व र वित्तीय हस्तान्तरणबाट ३० अर्ब २० करोड बेहोर्ने बजेटमा उल्लेख छ ।

अपुग रकममध्ये २ अर्ब नगद मौज्दातबाट र वैदेशिक अनुदानबाट २६ करोड रुपैयाँ बेहोरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !