३ आश्विन २०८१, बिहिबार

कर्णालीको बजेटमा नारैनारा

प्रकाशित मिति :  15 June, 2021 7:41 pm


काठमाडौं । कर्णाली प्रदेश सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ सहित नारैनारा समेटेर आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँबराबरको बजेट ल्याएको छ ।

बजेटमा चालूतर्फ २१ अर्ब ६५ करोड अर्थात् कुल विनियोजनको ३१ प्रतिशत, पुँजीगततर्फ २१ अर्ब ६५ करोड रुपैयाँ अर्थात् कुल विनियोजनको ५९ प्रतिशत विनियोजन गरिएको छ । यसैगरी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कुल बजेटमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ६० करोड, राजस्व बाँडफाँटबाट ७ अर्ब ४४ लाख, रोयल्टी बाँडफाँटबाट ३ करोड ९४ लाख बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।
वित्तीय समानीकरण अनुदान १० अर्ब १४ करोड, सशर्त अनुदान ३ अर्ब ९८ करोड, समपुरक अनुदान ८१ करोड र विशेष अनुदान ६१ करोड ३० लाख बेहोर्ने बजेटमा उल्लेख छ । यी स्रोतहरूले नपुगेका कारण प्रदेश सरकारले चालू आर्थिक वर्षको खर्च नभइ बचत हुने १२ अर्ब ९२ करो८ रुपैयाँ नगद मौज्दातबाट उपयोग गर्ने प्रदेश अर्थमन्त्री गोपाल शर्माले बताए ।

 



प्रतिक्रिया दिनुहोस !