३ आश्विन २०८१, बिहिबार

प्रदेशहरूमध्ये सबैभन्दा ठूलो आकारको बजेट बागमतीमा

प्रकाशित मिति :  15 June, 2021 7:53 pm


काठमाडौं । बागमती प्रदेश सरकारले सातै प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाको बजेट ल्याएको हो । यो सातै प्रदेशमध्ये सबैभन्दा ठूलो हो ।

बजेटमा चालूतर्फ २६ अर्ब १ करोड अर्थात् कुल विनियोजनको ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड रुपैयाँ अर्थात् कुल विनियोजनको ५१ प्रतिशत विनियोजन गरिएको छ । यसैगरी वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ अर्थात् ४ प्रतिशत विनियोजन गरिएको छ ।

कुल बजेटमध्ये प्रदेश सरकारको कर राजस्वबाट २३ अर्ब ८२ करोड, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण अनुदान १६ अर्ब ९२ करोड, विविध प्राप्ती १ अर्ब ५ करोड र चालू आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड रुपैयाँ उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !