५ आश्विन २०८१, शनिबार

भारत र माल्दिभ्सले आतंकवाद र अतिवादको मुकाविला गर्न आपसी साझेदारी गर्ने

प्रकाशित मिति :  16 June, 2021 7:27 am


नयाँ दिल्ली। भारत र माल्दिभ्सले प्रतिआतंकवाद, अतिवाद र हिंसात्मक चरमपन्थीबिरुद्ध सम्बन्धी पहिलो संयुक्त बैठक आयोजना गर्दै आतंकवादबिरुद्धको लडाईमा साझेदारीता सुदृढ पार्नुपर्नेमा जोड दिएका छन्।

दुबै पक्षले सबै प्रकारका आतंकबादको भत्र्सना गर्र्दै आतंकवाद बिरुद्धको लडाईमा वृहत र दिगो सहकार्यको आवश्यकता औल्याएका छन्। दुबै देशले हरेक देशले आतंकबाद बिरूद्ध ठोस कारबाही गर्नुपर्नेमा पनि जोड दिएका छन।

आतंकबाद क्षेत्रीय चूनौती र खतरा रहेको भन्दै अतिवाद र आतंकबादको खतरा कुनैपनि देशको सीमाभित्र मात्र नहुने भएकाले अन्तर्राष्ट्रिय सहकार्य अति आवश्यक भएको बताएका छन।



प्रतिक्रिया दिनुहोस !