आज बाढीको जोखिम कहाँ कहाँ छ ? [जानकारीसहित]
प्रकाशित मिति : 16 June, 2021 7:21 am
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नारायणी,कर्णाली र यसका सहायक नदीमा बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले यस क्षेत्रका केही स–साना सहयाक नदीमा बाहाव सतर्कता आसपास पुग्न सक्ने बताएको छ ।
यस्तै कालीगण्डकी,भेरी र यसका सहयाक नदीजलाधार लगायत गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी तराई र चुरेको भूभाग भएर बग्ने साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकमिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ । मनसुन सक्रिए भएसँगै देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुराएको छ ।