मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले ५० औँ जना बेपत्ता बनाएको स्वास्थ्य मन्त्रीको भनाई
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्,“मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ ।”
मन्त्री तामाङले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको भन्दै यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेका छन् ।
क्षति पुगेको बस्तीमा सरकारले आजै टेण्ट र खाद्यान्न पुराउने बताएका छन् । मन्त्री तामाङले घर बगाएकाहरुलाई आश्रय दिन अपिल गरेका छन् । उनले अन्तराष्ट्रिय समुदायलाई समेत सहयोगका लागि अपिल गरेका छन् ।