८ माघ २०८१, मंगलबार

सिन्धुपाल्चोकमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा तत्काल जुट्न सभामुखको अपिल

प्रकाशित मिति :  16 June, 2021 8:33 am


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा तत्काल जुट्न अपिल गरेका छन् ।

लगातार आइरहेको भिषण बाढीका कारण उक्त नदीका तटीय क्षेत्रमा भएको अपुरणीय मानवीय र भौतिक क्षतिको खबरले आफू स्तब्ध भएको समेत सभामुख सापकोटाले उल्लेख गरेका छन् ।

लगातार परेको वर्षापछि आएको बढी र पहिरोले मेलम्ची र इन्द्रावती नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुराएको अनुमान गरिएको छ । अझै क्षतिको एकिन भइनसकेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !