७ आश्विन २०८१, सोमबार

दिल्ली जानुअघि खनालको सन्देश :बदलाको भाव र अनावश्यक इगो त्यागेर पार्टी एकताबद्ध बनाऔं

प्रकाशित मिति :  16 June, 2021 1:51 pm


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पाटीलाई एकताबद्ध बनाउन अपिल गरेका छन् ।

उपचारका लागि भारत जानुअघि प्रेस विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भनेका छन्,“ बैधानिक प्रकृया अन्तर्गत पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं ।”

आफूहरुमा देखिएको अनेकौं गलत प्रवृत्तिहरू, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको भन्दै नेता खनालले देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गरेका छन् । उनले भनेका छन्,“विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको ।”

देशका प्रमुख दलहरू र तिनका नेताहरूबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्ने नेता खनालले जोड दिएका छन् ।

उनको भनाई छ,“हामी सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।” खनाल उपचारका लागि आज भारतको दिल्ली प्रस्थान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !