कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान दिन विवेकशील साझा पार्टीको आग्रह
काठमाडौं । विवेकशील साझा पार्टीले सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएको आरोप लगाएको छ ।
केन्द्रीय उद्यमशील विभाग प्रमुख आशुतोष प्रधानले विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र त्यसै अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,“बन्दाबन्दीको समयमा सम्पूर्ण साना(मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन जोडदार अपिल गर्दछौँ। यस्ता सहायता परियोजना ल्याउँदा व्यवसाय नवीकरणमा छुट, बैङ्क ऋण तिर्ने समय थप तथा ऋण मोचन, नव उद्यमीहरूलाई न्यून ब्याजदरमा ऋण प्रदान लगायतका विषय समेट्न जरुरी छ ।”
उनले पूर्ण क्षति व्यहोरेका कतिपय नव(उद्यमीहरूलाई तिनै तहका सरकारको समन्वयमा संरक्षणको नीति र कार्यक्रम लिएर आउन अनुरोध गरेका छन् ।