८ माघ २०८१, मंगलबार

यस्तो छ आजको मौसमको अवस्था

प्रकाशित मिति :  18 June, 2021 8:50 am


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले देशभर मनुसुनी वायुको प्रभाव रहेको तथा पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाएको छ ।

हाल देशभर आंशिकदेखि समान्य बदली रही बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने भन्दै धेरै स्थानहरूमा हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश र प्रदेश १ का एक दुई स्थानहरूमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज रातीपनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको भनाई छ ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !