कोरोना संक्रमित कांग्रेस नेता एवं पूर्वमन्त्री विष्टको निधन
प्रकाशित मिति : 20 June, 2021 8:37 am
काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री तप्तबहादुर विष्टको कोरोनाभाइसको संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमण भएपछि विष्टलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
मेडिसिटी अस्पतालमा उपचारको क्रममा आ बिहान पाँच बजेतिर विष्टको निधन भएको हो ।
लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका विष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विष्टको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
ट्वीट गर्दै सभापति देउवाले भनेका छन्,“उहाँको निधनको खबरले म निकै दु:खी छु । तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । ”