८ माघ २०८१, मंगलबार

देशभरको मौसमको अवस्था यस्तो छ

प्रकाशित मिति :  20 June, 2021 8:57 am


काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र केही ठाउँमा भारती वर्षा हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा हुने महाशाखाको अनुमान छ । साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षाको सम्भावना छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षाको सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस !