३ आश्विन २०८१, बिहिबार

सन् २०२० गत दशकको सबै भन्दा गर्मी वर्ष

प्रकाशित मिति :  20 June, 2021 10:12 am


काठमाडौं। विश्व जल तथा मौसम विज्ञान विभाग समूह (द वर्ल्ड मेट्रोलोजिकल ग्रुप- डब्लूएमओ)ले गत दशकमा सन् २०२० सबै भन्दा बढी गर्मी भएको वर्षको रूपमा गएको जनाएको छ ।

सन् २०११ देखि २०२०को दशकमा वर्ष ट्वेन्टी ट्वेन्टी दशकका तीन सर्वाधिक गर्मी भएको वर्ष मध्यको एक हो । सन् २०१६ र सन् २०१५लाई पनि सर्वाधिक गर्मी वर्षहरूको रूपमा रहेको डब्लुएमओले उल्लेख गरेको छ ।

ला निना एक सामूद्रिक तथा वायुमण्डलीय चक्र हो । यो अवधिमा समुद्री सतहको तापक्रम प्रशान्त महासागरको केन्द्रीय क्षेत्रको पूर्वी भागमा ३देखि ४ डिग्री सेल्सियस बीच रहने गर्छ । यो अवस्था वर्षमा कम्तीमा पाँच महिना रहने गर्छ ।

यसको असरले विश्वभर विशेषगरी उत्तर अमेरिका, अटलाटिन्टिक र प्रशान्त महासागरमा आँधीबेहरी ल्याउँछ । ला निनाको असरका बाबजुत सन् २०२०को विशेष गर्मी आकलन गरिएको डब्लूएमओले आफ्नो अध्ययनमा उल्लेख गरेको छ ।

ला निनाको चरम गहिराई डिसेम्बर वा जनवरी दुवै महिनाका लागि पूर्वानुमान गर्ने गरिन्छ । गर्मी वर्षहरू शक्तिशाली एल निनोसँग मिल्ने गरेका छन् । एल निनो, ला निनाको विपरीत मौसमी अवस्था हो ।

ला निनाको असर विश्वको तापक्रम कम गर्ने कारणका लागि हुने गर्छ । यो वर्ष सन् २०१६को भन्दा बढी गर्मी भएको देखिएको डब्लुएमओका महासचिव प्रोफेसर तालसले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !